Sunday, 1 February 2015

Story of a bookaholic girl

केही आफ्नो कथा र केही काल्पनिकताको समिश्रणलाई भावनाको खोलीमा बगाउन मन लाग्यो।पहिलो उपन्यासको ढाॅचा तयार पार्ने क्रममा नै मैले निर्णय गरिसकेको थिएॅ कि दोस्रो उपन्यास म आफ्नै बारे लेख्नेछु।
सबैले गर्ने प्रश्न एउटै हुन्छ," प्रेम जालमा पर्याछौ कि क्या हो खुबै लेख्छ्यौ त ?" अनि यस्तो किताब पढ्ने मान्छे 'BBA' मा कसरी ? उत्तर हुदैॅन मसॅग तैपनि केही न केही भाॅजो हालिदिने गर्याछु मैले अनि दोस्रो पटक यही प्रश्न दोह्रयाउने प्रयत्न गर्दैनन् उनीहरू।
मेरो जन्म पाल्पाको एउटा सानो गाउॅमा भएको हो। मेरो हजुरबुबा मुखिया थिए। अनि मुखिया बाजेको छोरो चाहिॅ डाक्टर अनि बुहारी नर्स।मेरो जन्मसॅगै मुखियाको घरमा खुसियालि छायो।संसारमा सबैभन्दा धेरै माया कसले गर्छ भन्ने प्रश्नको जवाफमा 'आमा' ले भन्ने हुन्छ तर मलाई आफ्नी आमा भन्दा हजुरबुबा प्यारो लाग्छ। म उहाॅलाई 'हजुबा' भनेर बोलाउॅ थिएॅ।म दुई वर्षको हुदाॅ  मलाई हजुबाको काखमा छोडेर बाबुआमा काठ्माडौॅ बसाई सरे।दर्दनिय छ मेरो बाल्यकाल।हो, म मुखियाको नातिनी तर मुखियाकै हितैषि मित्रहरूबाट लुटिएकी छु।मेरो बाल मस्तिष्कमा आघात पुर्याई ती हिस्रंकहरूले के के गरे,गरे।अशिक्षित जनमानसले मेरो पिडा कहाॅ बुझ्न सक्यो र ?  चौध वर्ष बिताॅए मैले मुखियाको नातिनी बनेर अनि दुई/चार खाईमाराका खेलौना।बाबाआमालाई मेरो कुरा सुन्ने फुर्सद थिएन।अमेरिका, लन्डन जस्ता सहरको निमन्त्रणा स्विकार्नमै बेस्त होईसिन्थ्यो। बाल्यकाल त मेरो एकान्तमा बसेर, मनका भावनालाई कलम कापीको सहायताले आसुॅको भेल बगाउॅदैमा बित्यो त कहिले ती दुष्टहरूबाट आफूलाई बचाउने प्रयत्न गर्दैमा बित्यो।मुखिया बाजेको ऑगनीॅमा दिनहूॅजसो टनाटन मान्छेहरू देख्न पाइन्थ्यो।कोही आफ्नो समस्या टक्रयाउन आएका हुन्थे त कोही उपहार दिन आएका हुन्थे।अहिले जस्तो सुख सयल कहाॅ थियो र! टूकि बत्तिमा पढ्ने गर्थे म।रातहरू रोएर बित्थे। प्राय अनिदोॅ रातहरू चन्द्रमा सॅगको बातचित मै बित्थ्यो।मलाई चन्द्रमा धेरै मन पर्थ्यौ। कसैले मलाई मिल्ने साथी को हो भनेर सोध्दा, म आकाशतिरै देखाउॅदै भन्ने गर्थे, " ऊ त्यहाॅ छ।भरे राति आउॅछ मसॅग मिल्न।" मैले पढेको पहिलो उपन्यास नासो हो, कक्षा छ मा पढेको ।त्यही साल मैले शिरिषको फूल पनि पढेॅ।ठ्याकै भन्न सक्दिन तर मैले शिरिषको फूल बिसचोटि भन्दा पनि बेसि पढेॅ होला। त्यसपछि तीन वर्षसम्म मैले अरू उपन्यास पढ्ने अवसर पाइनॅ।म एक्लै बस्न रूचाउथेॅ।चौध वर्षपछि मैले काठ्माडौॅ देख्ने अवसर पाएॅ।सायद गाउँमा +2 हुदोॅ हो त अझै लुटिनु पर्थ्यौ मैले। काठमाडौको जिवन पनि कहाॅ सहज थियो र।म भन्दा चार वर्ष सानो मेरी बहिनी पनि थिई तर उसको जिवनशैली मेरो भन्दा धेरै भिन्न थियो। ऊ शहरमा हुर्किएकि त म गाउॅमा।ऊ मलाई पाखे भन थी तर उसलाई धेरै माया गर्थे।ऊ बाबाआमासॅग पनि अग्रंजीमा कूरा गर्थी।बाबुआमा उसलाई धेरै माया गर्थे। उसको गल्ति हुदाॅ पनि मैले गाली खानु पर्थ्यो।यस्तैमा बाबुआमा बहिनीलाई लिएर अमेरिका प्रस्थान गरे।मलाई ठमेल स्थित एक आफन्तकोमा छोडेर।दिउॅसो म कलेज जान्थेॅ त बिहान बेलूका घरको काम गर्नु पर्थ्यो।कक्षामा म कसैसॅग बोल्दैनथेॅ ।अझ केटाहरूप्रति त घृणाको भाव जाग्थ्यो।एक दिन म केही लेखि रहेको थिएॅ। एउटा केटा  मेरो सामु आएर उभियो। उसले मसॅग कुरा गर्न चाह्यो तर मैले चाहिॅन। ऊ हरेक दिन मेरो सामु आउॅथ्यौ तर म वास्ता गर्दैनथेॅ।शनिवारको दिन थियो, दिदी  र उनका दुई छोरा बिहेमा गएका थिए त भिनाजू आफ्नै कामले बानेश्वरतिर। म भोलिको परिक्षाको तयारीमा बेस्त थिएॅ।कसैको जुत्ताको टक टक सुनेर म उठेको मात्र के थिएॅ, कसैले मलाई तानी तानी कोठातिर लादैॅ थियो। म रोएॅ, चिच्चाएँ तर कोही थिएन मेरो चिच्चाहट सुन्ने त्यहाँ। फेरी म लुटिएँ।यो कस्तो विडम्वना ?यो कस्तो समाज ? नारी भएर जन्मेको धिक्कारेँ र आफ्नो जिवन आफैलाई भारी लाग्यो।जिवन त्यागन हर प्रयास गरेँ तर विफल भए प्रयासहरू।एक हप्तापछि कलेज गएॅ। फेरी त्यो केटा आयो मेरो सामु। यो चोटि मलाई रिस उठेन बरू डाॅको छोडेर रून मन लाग्यो उसको अॅगालोमा बेरिएर र रोएँ पनि। मन हल्का भयो।उसको हातमा 'कोपिला' थियो।खुसिको सिमानै रहेन।पहिलोपटक मेरो रचनाले स्थान पाएको थियो।मैले त्यो आफन्तको घरमा बस्न छोडेर म उसको घरमा बस्न थालेको थिएॅ।अनशुल थियो उसको नाम तर म उसलाई अंश भनेर बोलाउँथे।ऊ मलाई धेरै माया गर्थ्यो।ऊ मात्र होइन उसको बाबा आमा पनि मलाई धेरै माया गर्नू हुन्थ्यो।अंशले अंग्रेजी र नेपाली दूवै भाषामा उपन्यासहरू उपलब्ध गराउन थालेको थियो।उसले गर्दा नै 2067 सालमा पहिलो रचना 'आमा ' शिर्षकको लेख प्रकाशित भएको थियो।'हजुबा ','नारी', 'YOU AND I', 'YOU', 'REALIZATION' लेखहरूले पनि 2070/071 सालमा स्थान पाएका थिए।अब मलाई बाँच्नु पर्छ, जिवनमा केही गर्नु पर्छ भन्ने ढाडस मिल्थ्यो अंशबाट। तर,अचम्मको कूरो बाबाआमालाई मेरो   केही पिर चिन्ता थिएन।बिदाको मौका पारेर म हजुबालाई भेट्न गएँ। त्यही भेटमा मैले बाबाआमाले वास्ता नगर्नूको कारण थाहा पाएँ।म मुखिया बाको नातिनी होइन रहेछु। मलाई त कसैले मुखिया बा को घरमा छोडि दिएको थियो रे।मुखिया बाको स्नेहले धन्न मैले  जिवन पाएछु।
म जस्ता अनाथ बालबालिका धेरै छन्। कोही लुटिन्छन् त कोही बेचिन्।कोही बाल मजदूर त कोही सबैले भन्ने  'खाते' बन्न बाध्य छन्। हामिलाई अवसर खोई त ?
2070 चैतमा अंशसँग मेरो "Engagement" भयो हजुबाको उपस्थितीमा।ऊ रसिया गयो पढ्न र म छात्रवृत्ति पाएर दिल्ली आएँ पढ्न भनेर।ऊ म नामि लेखिका भएको हेर्न चाह्नथ्यो।उसकै सुझावमा मैले Robin sharma, Ruskin bond, J.k.Rowling,chetan bhagat,Nicholas spark, sidney sheldon, paulo coelho, Amitav gosh,Dan Brown अनि Daniel steel का सबै उपन्यासहरू पढेँ।सामाजिक प्रथा र नारी जातिको उत्थान बारे लेखिनुपर्छ  भन्ने लाग्यो।पहिलो उपन्यासको ढाँचा तयार गर्दै छु।
खुसिको क्षणहरू कमै छन्। फेरी, एकपटक पहिरो गयो जिवनमा। अंशको अकस्मात निधन भयो।मेरो पहिलो उपन्यास बजारमा आउनु अघि नै उसले यो धर्ती छोड्यो। लेखक के कूराले बनायो ? प्रेमले ? बिछोडले ? सङ्घर्षले ? या बाबाआमा नहुनाले ? कठिनाई सँग जुध्न सिकायो मलाई किताबले, बाँच्न सिकायो, दु:खमा नआत्तिन सिकायो ।

No comments:

Post a Comment